
बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा थप ६३ जनामा कोरोना संक्रमण देखिएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पीसीआर परीक्षणमा थप ६३ जनामा संक्रमण देखिएको हो ।
संक्रमितमध्ये बुटवल उपमहानगरपालिकाका ३१ जना, तिलोत्तमा नगरपािलकाका १६ जना, रोहिणी गाउँपालिकाका १५ जना र सियारी गाउँपालिकाका १ जना रहेका छन् ।
केही समय यता रुपन्देहीमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।












