काठमाडौँ । काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले हिन्दुराष्ट्र नेपालको पक्षमा काँग्रेस नरहेको प्रष्ट पारेका छन । काँग्रेसकै नेतृत्वमा जारि नयां संविधानमा धर्मनिरपेक्ष राष्ट्र लेखिएकाले अहिले आएर हिन्दूराष्ट्रको पक्षमा आवाज उठाउनु काँग्रेसकै लागि लज्जाको बिषय हुने उनले बताए ।
बिहीबार आयोजित पत्रकार सम्मलेनमा बोल्दै नेता सिटौलाले भने, “काँग्रेसकै नेतृत्वमा जारि संविधानमा नेपाल धर्मनिरपेक्ष राष्ट्र हुनेछ भनि लेखेउँ, अहिले आएर हिन्दुराष्ट्रको नारा कसरि लाउनु ? धर्मका बारेमा संविधानमा जे छ त्यही हाम्रो धारणा हो ।”
बर्तमान कम्युनिष्ट सरकारले जनपअेक्षाअुनसार काम गर्न असफल हुंदै गएको भन्दै नेता सिटौलाले सबै सरकारी निकायमा सरकारले हस्तक्षेप गरिरहेका कारण काँग्रेसले त्यसको शसक्त बिरोध गर्ने बताए ।