
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । ६ महिला र ६ जना पुरुष गरी १२ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा महिलामा चितवनका ५५, १८ वर्षीया, काठमाडौंका ८९ वर्षीया, ललितपुरका ७० वर्षीया, तनहुँका २० वर्षीया र कपिलवस्तुका ६० वर्षीया रहेका छन् । त्यस्तै पुरुषमा बाराका ९७ वर्षीया, चितवनका ६५ वर्षीया, भक्तपुरका ४० वर्षीया, काठमाडौंका ७० र ५७ वर्षीया र धादिङका ४७ वर्षीया रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ५१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।










