अर्थमन्त्री खतिवडा राजीनामा दिदैं


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा राजीनामा दिदै छन् । आज बिहान ११ बजे बस्ने मन्त्रिपरिषद् बैठकमा उनले राजीनामा दिदै   छन् ।

राष्ट्रियसभाको खाली एक सिटमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने पार्टी निर्णयसँगै खतिवडाले आफू राजीनामा दिन लागेको बताएका छन् । नेकपाको हिजो बसेको सचिवालय बैठकले गौतमलाई मनोनित गर्ने निर्णय गरेको थियो ।

बुधबार नै राजीनमा दिन लागेका खतिवडालाई प्रधानमन्त्रीले मन्त्रिपरिषदको बैठकमा राजीनमा दिन सुझाएका थिए । खतिवडाको रानीनामापछि अर्थमन्त्री को भन्ने विषयमा पनि नेकपा भित्र चर्का चर्की भइरहेको छ ।

अहिलेसम्म उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेको चर्चा चलिरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार