विद्यार्थी राजनितीलाई कमाई खाने भाडो बनाउनेबिरुद्ध आवाज उठाउं

काठमाडौं । नेपाल बिद्यार्थी संघ नेपाल इन्जिनियरिङ कलेज (BDH) इकाई काठमाडौंले नव आगन्तुक विद्यार्थीहरुलाई चियापान तथा स्वागत कार्यक्रम गरेको छ ।

शुक्रबार आयोजित कार्यक्रममा नव आगन्तुक बिधार्थीहरुलाई नेपाल विद्यार्थी संघ नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष करन साहु लगायतकाले स्वागत गरेका हुन ।

स्वागत कार्यक्रममा नेपाल विद्यार्थी संघ नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष साहुले प्रावधिक कलेजहरुले बिधार्थीहरुबाट महँगो शुल्क लिइरहेको तर त्यसअनुरुपको सेवा सुविधा नदिए बताए । “गरिबका छोराछोरीहरुले पढ्नै नसकिनेगरि शुल्क लिन्छन तर त्यसअनुसारको सुविधा दिदैनन् अध्यक्ष साहुले भने, त्यस्ता कलेजहरुमा सुधार गरिएन भने हामी आन्दोलनमा उत्रनेछौं ।”

बिधार्थीहरुको हकहितमा सधै आवाज उठाउदै आएको बताउदै उनले विद्यार्थी राजनितीलाई कमाई खाने भाडो बनाउने त्यस्ता ब्यक्ती र संगठनबिरुद्ध सबैले एकजुट भएर लड्नु पर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार