रेलमार्गमा पनि भष्टाचार भन्दै माइतीघरमा प्रदर्शन


काठमाडौं । रेलमार्गमा पनि भ्रष्टाचार भएको भन्दै काठमाडौंको माइतीघरमा प्रर्दशन भएको छ । आइतबार दिउँसो नेपाली काँग्रेस निकट युवाहरुले पूर्व–पश्चिम रेलमार्गको काक्कडभिट्टा–इनरुवा खण्डको ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

प्रर्दशनकारीहरुले हातमा विभिन्न नारा लेखिएका प्लेकार्ड बोक्दै र निधारमा कलो पट्टी बाँध्दै शान्तीपुर्ण विरोध गरेका छन् ।
रेलमार्गमा भ्रष्टाचार गर्ने भ्रष्टाचारीलाई कडा कारबाही हुनुपर्ने आफुहरुको माग रहेको काँग्रेसका युवा बिधार्थी नेता रंजित कर्णले बताए ।

प्रर्दशनकारीहरुले बोकेको प्लेकार्डमा अख्तियार मौन किन ?, सरकार किन मौन ?, राजनीतिक दलका नेताहरुलाई पनि मौन किन ?,भ्रष्टाचारीलाई कारवाही गर, लगायतका नाराहरु लेखेका थिए ।

उक्त रेलमार्गका लागि रेल विभागले १८ वटा कम्पनीलाई मात्रै सहभागी हुन पाउने गरी ५४ वटा प्याकेजमध्ये कसलाई कुन ठेक्का दिनेसम्म तय गरेरै औपचारिकताका लागि मात्रै टेन्डर आह्वान गरेको थियो ।

जुन टेन्डर अहिले मूल्यांकन प्रक्रियामा रहेको भनिएको छ । जग्गा अधिग्रहण पनि नगरी हतार(हतार ठेक्का लगाउन लाग्दा चौतर्फी विरोध भइरहेको छ ।
यस बिषयमा प्रमुख राजनीतिद दलका नेताहरुहरुले भने खासै बोलेको पाइदैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार