
काठमाडौं । कोरोनाविरुद्ध रुसले बनाएको खोप ‘स्पुतनिक- ५’ को भारतमा परीक्षण गरिदै छ । यो खोप भारतसहितका केही देशमा यसै महिना परीक्षण गर्न लागिएको हो ।
रुसी अधिकारीहरूका अनुसार भारत बाहेक साउदी अरब, युनाइटेड अरब इमरेट्स् युएई, फिलिपिन्स, ब्राजिलमा खोपको परीक्षण हुन लागेको हो।
रुसले आफैले तयार पारेको यो खोपको पहिलो र दास्रो चरणको परीक्षण भने रुसमै भएको थियो । भारत लगायतका देशमा हुन लागेको यो परीक्षण भने तेस्रो चरणको परीक्षण हो ।
अहिले परीक्षणमा जान लागेको खोपको नतिजा आगामी अक्टोबरदेखि नोभेम्बरसम्ममा प्रकाशित हुनसक्ने रुसले जनाएको छ ।
यसको पहिलो र दोस्रो परीक्षणमा सकारात्मक नतिजा आएकाले यो खोप उपयोगी हुनसक्ने विश्वास गरिएको छ।










