
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो आएपछि स्वाब दिएका उनलाई मंगलबार कोरोना पुष्टि भएको हो ।
सामान्य ज्वरो देखिएपनि उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको सचिवालयले जनाएको छ ।
महामन्त्री कोइरालाले आफुलाई संक्रमण पुष्टि भएकोबारे सामाजिक संजालमार्फत जानकारी दिएका हुन् । साथै उनले आफ्नो सम्पर्कमा आएका ब्यक्तिहरुलाई सजकता अपनाउन आग्रह समेत गरेका छन् । नेता कोइराला अहिले होम आइसोलेसनमा बसेका छन् ।
“आज गरिएकाे परीक्षणका क्रममा म मा काेराेना संक्रमण पुष्टि भएकाे छ । हाल मलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएको छैन ।
चिकित्सकहरुकाे सल्लाह अनुसार हाल म हाेम आइसाेलेसन (Home Isolation) मा बसेकाे छु । मसंग प्रत्यक्ष सम्पर्कमा आउनुभएका सम्पूर्णमा आवश्यक सजगता अपनाउनुहुन अनुराेध गर्दछु,” महामन्त्री कोइरालाले फेसबुकमा लेखेका छन् ।










