कोरोनाविरुद्धको ट्रायल खोप लगाएको व्यक्ति बिरामी, अक्सफोर्ड युनिभर्सिटीद्धारा ट्रयाल स्थगित


काठमाडौं । अक्सफोर्ड युनिभर्सिटीले कोरोनाविरुद्धको क्लिनिकल ट्रायल स्थगित गरेको छ । युनिभर्सिटीले उत्पादन गरेको खोप लगाएका एक जना व्यक्ति विरामी भएपछि तत्काललाई ट्रायल खोप स्थगित गरेको हो ।

बीबीसीका अनुसार अक्सफोर्ड युनिभर्सिटीले उत्पादन गरेको भ्याक्सिनको व्यग्र प्रतिक्षा भइरहेको बेला यो घटनाले ठूलो धक्का लागेको छ ।
हाल विश्वभरमा करिब एक दर्जन स्थानमा कोरोनाविरुद्धको भ्याक्सिनको क्लिनिकल ट्रायल जारी छ । तर जानकारहरुका अनुसार अक्सफोर्ड विश्वविद्यालयको ट्रायल सबैभन्दा अगाडि छ । विश्वविद्यालयले तेस्रो चरणको ट्रायल गरिरहेको थियो र अक्सफोर्डकै भ्याक्सिन बजारमा सबैभन्दा पहिलो आइपुग्ने अपेक्षा गरिएको थियो ।

कोरोनाविरुद्धको भ्याक्सिनको तेस्रो चरणको ट्रायलमा करिब ३० हजार जना सामेल भएको बताइन्छ । अहिलेलाई अक्सफोर्डले विश्वभर हुँदै आएको ट्रायल रोकिदिएको छ ।

अक्सफोर्ड विश्वविद्यालयले कोरोनाविरुद्धको भ्याक्सिनको क्लिनिकल ट्रायललाई रोक्नुपरेको यो दोस्रो पटक हो । धेरै संख्यामा परीक्षण गर्दा यस्तो हुनुलाई विशेषज्ञहरुले सामान्य ठान्दछन् । यदि कोही व्यक्ति बिरामी हुन्छ र अस्पतालमा भर्ना गर्दा पनि ऊ बिरामी हुनुको कारण पत्ता लाग्दैन भने ट्रायललाई रोकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार