आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित


काठमाडौं । आज साँझ बस्ने तय भएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ । सत्तारुढ नेकपाको शुक्रबार बस्ने स्थायी समिति बैठकको तयारीमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले थप छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित भएको हो ।

यसअघि मन्त्रीहरुलाई बिहीबार साँझा मन्त्रिपरिषद बैठक बस्ने सूचना समेत जारी गरिएको थियो । मन्त्रिपरिषदको बैठक अब शुक्रबार बस्ने तय भएको छ । बैठकमा खालि भएका पदमा नियुक्ति गर्ने तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार