जारी बैठकबाट ओली बाहिरिए, आखिर किन ?


काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली बालुवाटारमा जारी स्थायी समिति बैठकबाट बाहिरिएका छन् ।
शुक्रबार बालुवाटार बिहान ११ बजेपछि बसेको बैठका एकछिन सहभागी भएर ओली बाहिरिएका हुन् ।

अर्का कार्यकारी अध्यक्ष प्रचण्डलाई बैठकको अध्यक्षता गरेर बैठक संचालन गर्न जिम्मा दिएर उनी बैठकबाट बाहिरिएको बताइएको छ ।

आन्तरिक विवादका कारण १ महिना १३ दिनपछि स्थायी बैठक बसेको हो । बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले तयार पारेको पार्टी र सरकार सञ्चालनसम्बन्धि १५ बुँदे प्रस्तावमाथि सामान्य छलफल गरेर पारित गर्ने तयारी छ ।

पार्टी विवाद समाधानका लागि गत साउन ३० गते महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन भएको ६ सदस्यीय कार्यदलले दिएको प्रतिवेदनका आधारमा अध्यक्षद्वय ओली र प्रचण्डले बैठकका एजेण्डा तयार गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार