काठमाडौं उपत्यकामा थप ४३१ जनामा कोरोना पुष्टि


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ३१ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ३१ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित मध्ये काठमाडौंका ३ सय ७७, ललितपुरका ३७ र भक्तपुरका १७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार