सिन्धुपाल्चोकमा फेरि पहिरो : १८ घर पुरिँदा तीनको शव भेटियो, १७ अझै बेपत्ता


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा फेरि पहिरोले घरहरु पुरेको छ । जिल्लाको बाह्रविसे नगरपालिकाका नागपुजे र भिरखर्कमा पहिरोले घरहरु पुरेको हो ।

पहिरोमा पुरिएर अहिलेसम्म तीन जनाको शव भेटिएको छ भने १७ जना अझै बेपत्ता भएका छन् । पहिरोले १८ घर पुरेको प्रहरीले जनाएको छ । पहिरोले सबै भन्दा धेरै घुम्थाङको नागपुजेमा क्षति भएको छ ।

गएराति परेको पानीका कारण ठाडो खोलाले वस्तीमा क्षति पुर्याएको बताइएको छ । पहिरोमा अहिलेसम्म कति क्षति भयो भन्ने एकिन जानकारी आउन सकेको छैन् ।

घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पठाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार