कैलालीमा प्लाज्मा थेरापीबाट उपचाररत संक्रमितको मृत्यु


कैलाली । कैलालीमा प्लाज्मा थेरापी विधिबाट उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उप–महानगरपालिका ५ की ५७ बर्षीया महिला रहेकी छन् ।

सेती प्रादेशिक अस्पतालमा प्लाज्मा थेरापी विधिबाट उपचार भइरहेकी उनको बुधबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।
भदौं १७ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिलामा निमोनियाको कारण श्वासप्रश्वासमा समस्या भएको थियो ।

भेन्टिलेटरमा राखेर रेम्डेसिभिर औषधि समेत प्रयोग गरी उपचार भइरहेकी उनको मृत्यु भएको छ । योसँगै अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार