काठमाडौं उपत्यकामा यातायातमा जोरबिजोर प्रणाली यथावत


काठमाडौं । सरकारले आजबाट लामो दुरीका सार्वजनिक यातायात सञ्चालन गरे पनि काठमाडौं उपत्यकामा भने जोरबिजोर प्रणाली कायमै गरेको छ । कोरोनाको जोखिम उपत्यकामा झन् बढी रहेकाले बाहिर सबै सार्वजनिक यातायात सञ्चालन भएपनि उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली कायमै रहने छ ।

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरुको बैठकले अनिश्चितकालसम्मका लागि यातायातमा जोरबिजोर प्रणाली कायम गर्ने निर्णय गरेका छन् । सोही अनुसार कार्यालयहरुले आदेश जारी समेत गरेका छन् । अत्यावश्यक सेवाका सवारी साधनमा भने यो व्यवस्था लागु हुने छैन ।

प्रशासनको आदेश अनुसार उपत्यकामा निश्चितकालसम्मको लागि सभा, समारोह, भोजभतेर, पार्टी लगायत कार्यक्रम आयोजना गर्न, मठमन्दिर लगायत धार्मिक क्षेत्र खुला गर्न, शिक्षण संस्था सञ्चालन गर्न र भीडभाड हुने मनोरञ्जनका क्रियाकलाप सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ ।

कोरोनाको जोखिम अन्य ठाउँ भन्दा उपत्यकामा बढेकाले प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि यो व्यवस्था यथावत् रहने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार