जनकपुरधाम । भारतबाट नेपाली रेल जनकपुर आइपुगेको छ । केहिबेर अघि भारतको जयनगरबाट नेपालको जनकपुरधाम रेल आइपुगेको हो । नेपालको झण्डाको रंगमा सजिएको नेपाली रेल भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै जनकपुर पुगेको नेपाल रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।
नेपालको झण्डामा प्रयोग भएको निलो र रातो रंगले पोतिएको २ वटा रेल जनकपुरधाम आइपुगेका छन् । रेलमा १ इन्जिन र ४ वटा बोगी रेहका छन् । रेललाई आजै नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको छ ।
भारत बाट नेपालको आफ्नै रेल आउन लागेको खबर थाहा पाएपछि स्थानियहरु बिहमनैदेखि जनकपुरको रेल्वे स्टेशनमा भेला भएका थिए ।
सथानियहरुले खुशी मनाउँदै रेलको स्वागत गरेका छन् ।