काठमाडौं । काठमाडौं उपत्यकामा ६ सहित देशभर कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । ६ महिला र ४ पुरुष गरी १० जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा काठमाडौंका ४०, ६० र ६३ वर्षीया, ललितपुरका ७५ वर्षीया, भक्तपुरका ७२ वर्षीया र पाल्पाका ४० वर्षीया महिला, काठमाडौंका ८२ वर्षीया, चितवनका ८० वर्षीया, रुपन्देहीका ६७ वर्षीया र धनुषाका ७६ वर्षीया पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४११ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।