काठमाडौं । लोक स्टार विजेता शनि विश्वकर्माले आफ्नो पहिलो गीत सार्वजनिक गरेका छन् । उनले आइतबार ‘झुम्का झलक्कै’ बोलको गीत युट्युब मार्फत सार्वजनिक गरेका हुन् । गीतमा शनि विश्वकर्माले नेपालकी लोकप्रिय गायिका बिष्णु माझीसंग युगल गाएका छन् ।
शिव हमालको शब्द संगीतमा रहेको यस गीतको भिडियो निर्देशन गम्भीर बिष्टले गरेका छन् । गीतको भिडियोमा सागर लम्साल ‘बले’, रियासा दाहाल, चक्र बम र गीता ढुङ्गानाको संयुक्त अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस्