
काठमाडौं । काठमाडौं उपत्यकामा थप ७ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ सय ५५ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित हुनेमा सबै भन्दा धेरै काठमाडौंमा रहेका छन् । काठमाडौंमा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना रहेका छन् । आज देशभरीकै तुलना गर्दा सबै भन्दा धेरै काठमाडौमा संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जनाकारी दिएका छन् ।











