बझाङकी सम्झनाको पोस्टमार्टम रिपोर्टले भन्यो, ‘यौनांगमा घाउ चोट, बलात्कारपछि हत्या पुष्टि’


बझाङ । बझाङकी १२ बर्षीय सम्झाना कामीको बलात्कार पछि हत्या भएको पुष्टि भएको छ । गत बुधबार बझाङको मस्टा–२ खिकाला गाउँकै मन्दिरभित्र मृत अवस्थामा भेटिएकी उनको पोष्टमार्टम रिर्पोटले बलात्कारपछि हत्या भएको पुष्टि गरेको हो ।

जिल्ला अस्पताल बझाङले तयार गरेको पोस्टमार्टम प्रतिवेदनले बलात्कारपछि हत्या भएको पुष्टि गरेको प्रहरीले जनाएको छ ।

पोस्टमार्टम रिर्पोटमा यौनांगको भित्री र बाहिरी भागमा चोटहरू रहेको उल्लेख छ । बालिकाको टाउको, अनुहार, पिठिउँलगायत शरीरका विभिन्न ठाउँमा चोटपटक देखिएको रिपोर्टमा उल्लेख छ ।

कुटाईबाट सम्झानाको कलेजोको दुई ठाउँमा ठुल्ठूला घाउ रहेको रिर्पोटमा उल्लेख छ । कलेजोको चोट उनलाई कुटपिट गर्दा लागेको हुन सक्ने प्रहरी अनुमान छ । जिल्ला अस्पताल बझाङले सम्झनाको पोस्टमार्टम रिपोर्ट शनिबार जिल्ला प्रहरी कार्यालयमा बुझाएई सकेको छ ।

सम्झना हत्यासम्बन्धी थप प्रमाण जुटाउन भन्दै जिल्ला प्रहरी प्रमुख डीएसपी रूपक खड्का, प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्की र निमित्त जिल्ला न्यायाधिवक्ता सन्तोषकुमार कटुवालसहितको टोली पुनः घटनास्थल गएको छ ।

सम्झानाको बलात्कारपछि हत्याविरुद्ध अहिले देशभर चर्को विरोध भइरहेको छ । बलात्कारपछि हत्या जस्तो जघन्य अपराधमा पनि दोषी पत्ता नलाग्नु, सहजै उम्किनु जस्ता कुराहरुले समाजमा अपराधी मानसिकता बढेर गएको देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार