
काठमाडौं । काठमाडौं उपत्यकामा थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ सय २ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित हुनेमा काठमाडौंका ६९७, ललितपुरका ११२ र भक्तपुरका ९३ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।











