
काठमाडौँ । परपुरुषसँग सम्बन्ध राखेको आरोपमा दिसा खुवाउँदै आफ्नै श्रीमतीलाई गाउँ डुलाउने श्रीमानसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हुम्लाको सिमकोट गाउँपालिका ७ ओख्रेनाकी २३ वर्षीया महिला अमानविय व्यवहार गर्ने श्रीमानसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
महिलाको कपाल पनि मुन्डन गरिएको छ । अहिले ती महिलालाई प्रहरीले उद्दार गरिसकेको छ । परपुरुषसँग लागेको आरोपमा श्रीमान र गाउँलेले कुटपिट गरेर आफूलाई दिसासमेत खुवाइएको ती महिलाले प्रहरीसमक्ष बताएकी छन् । मुखमा मोसो दलेर जुत्ताको माला समेत लगाएको महिलाले भनेकी छन् ।
पीडित महिलाका श्रीमानसहित सातजनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










