चीनलाई झस्काउने गरी भारत-अमेरिकाबीच महत्वपूर्ण रक्षा सम्झौतामा हस्ताक्षर


काठमाडौं । चीनलाई झस्काउने गरी भारत-अमेरिकाबीच एक महत्वपूर्ण रक्षा सम्झौतामा हस्ताक्षर भएको छ । मंगलबार दुबै देशका अधिकारीबीच रक्षा सम्झौतामा हस्ताक्षर भएको हो ।

सीमा क्षेत्रलाई लिएर भारत – चीनबीच तनाव बढेका बेला भारत र अमेरीका बीच भएको यो महत्वपुर्ण सम्झौतालाई महत्वका साथ हेरिएको छ ।
भारत– चीनको सीमा क्षेत्र लद्धाखमा दुबै देशका सेनाबीच केहि महिनाअघि भएको हिंसात्मक घटनापछि तनाव बढेको छ । उक्त घटनालाई लिएर दुबै देशबीच युद्ध हुने खतरा कायमै रहेका बेला भारत र अमेरीकाबीच भएको महत्वपूर्ण रक्षा सम्झौता चीनका लागि निकै चासोको बिषय बन्नेछ ।

दुबै देशबीच भएको यो सम्झौता अनुसार रक्षा सम्बन्धी केही संवेदनशील स्याटलाइट तस्वीर, नक्सा लगायतका सूचनाहरु भारत र अमेरिकाबीच एक आपसमा आदान प्रदान हुने भारतिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

सम्झौता अनुसार भारतले अमेरिकाले जम्मा पारेका सूचनाहरुमा पहुँच पाउने छ । सो सूचनामा पहुँच हुँदा मिसाइल, ड्रोनलगायतका आक्रमणमा सहज हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार