बस्तीको बीचमा संक्रमितको शव गाडेको भन्दै विरोध


कैलाली । कोरोना संक्रमित महिलाको शव बस्तीको बीचमा गाडेको भन्दै कैलालीको धनगढीमा विरोध प्रर्दशन भएको छ ।

जिल्लाको धनगढी उपमहानगरपालिका-२ की ५७ वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएपछि स्थानीय प्रशासनले वडानम्बर-१ मा रहेको कब्रिस्तानमा शव व्यवस्थापन गरेको थियो ।

तर, स्थानीयहरुले आफुहरुलाई संक्रमणको जोखिम हुने भन्दै गाडिएको संक्रतिमको शव उत्खनन गरेर अर्कै स्थानमा गाड्नु पर्ने माग गर्दै विरोध गरिरहेका हुन् ।

स्थानियहरुले कब्रिस्तानमा तालाबन्दीसमेत गरेका छन् । शव ब्यवस्थापन गर्ने स्थानको अभावले कब्रिस्तानमा शव गाडिएको कैलालीका प्रमुख जिल्ला यज्ञराज बोहराले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार