काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ हजार ५९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ हजार ५९५ जनामा कोरोना पुष्टि भएको हो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा दुई हजार ७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यो संख्या अहिलेसम्मकै धेरै हो ।