
काठमाडौं । सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएअनुसार
छापावाल सुनको मूल्य आज ९२ हजार रुपैंयामा कारोबार भइरहेको छ । हिजो सुनको मुल्य तोलाको ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य ९१ हजार पाँच सय रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएके छ । चाँदीको मूल्य भने स्थिर रहेको छ ।
चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ४५ रुपैयाँमा कारोवार भइरहेको छ । कोरोनाका कारण देशका अधिकांश सहरमा निषेधाज्ञा जारी रहेकाले सुनको कारोबारमा मन्दी आएको महासंघले जनाएको छ ।









