
काठमाडौं । नेपालमा आज पनि कोरोना भाइरसको संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट देशका विभिन्न ठाउँमा गरी १८७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोनाबाट नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ४७ हजार ४ पुगेको छ ।
मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोना निको भएरु ५ हजार ४५५ जना घर फर्केका छन् । योसंगै नेपालमा कोरोना निको हुनेको संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ ।










