स्वस्थानी व्रतकथा सुरू, सालीनदीमा व्रतालुकाे भिड

काठमाडौं । आज माघ ७ गते,सोमबार आज बाट स्वस्थानी व्रतकथा सुरु भएको छ । हरेक वर्ष पुुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्रीस्वस्थानी व्रत सोमबारबाट सुरु भएको हो । स्वस्थानीमा परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरिन्छ ।

घर घरमा स्वस्थानी बसी कथा सुनाउनाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहि आएको छ । स्वस्थानी व्रतकथाको अवसरमा विभिन्न धार्मिक स्थलमा मेला लाग्ने गर्दछन् । स्वस्थानी व्रतकथा अवधिभर काठमाडौंको साँखुस्थित शालीनदीमा मेला लाग्ने गर्दछ ।

सालीनदीमा विहान देखि दर्शन गर्नेको ठुलो भिड लाग्ने गर्दछ । नूनसमेत नखाई कठोर व्रतविधि पालना गरेर गर्नुपर्ने व्रतको शुरुवात् आज बेलुकी सुरु हुदैछ ।
पूजारीसँग जल लिनुअघि आजै व्रतालुले हातगोडाका नङ काटी शुद्ध वस्त्र पहिरिन्छन् । व्रतालुले घ्यू, चाकु र पालुङ्गो सेवन गर्छन । आज बेलुकी पूजारीबाट जल ग्रहण गर्ने व्रतालुले पुस शुक्ल पूर्णिमाका दिन सोमबार बिहान शालिनदीमा गर्ने स्नानलाई माघस्नान भनिन्छ । मध्यान्ह्कालमा माधवनारायणसहित शिव पार्वतीको पूजा गरी स्वस्थानी श्रवण गरिन्छ ।

एक महिना सम्म व्रतबस्न सालीनदीमा काठमाडौं आसपास क्षेत्रका दर्शनार्थीको भिड लाग्ने गर्दछ । धेरै तीर्थयात्री व्रतका साथ पैदल यात्रा समेत गर्दछन् । मणिशैल किनारमा महिला तथा पुरुष छुटृाछुटृै श्रीस्वस्थानीको पूजा आराधना गरी व्रत बस्छन्न् ।

पार्वतीले स्वस्थानीको व्रत बसेर महादेव पति पाएको र संसारमा दुःखीहरूको उद्धारका लागि महादेवकै स्वीकृतिमा उनी रसातल, पाताल र मर्त्यलोकमा स्वस्थानीबारे प्रचार गर्न गएको व्रतकथामा उल्लेख छ ।

देवीदेवताका लीलाका प्रसङ्ग जोडिएकाले स्वस्थानी कथाले सुन्ने र सुनाउने सबैलाई मन्त्रमुग्ध पार्छ । सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार एक महिनासम्म निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पुरा भएको र पछि उहाँले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरीब तथा दुःखीको उद्धार गरेको विश्वास छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार