
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ९८ जना नयां संक्रमित थपिएका छन् । ।
स्वास्थ्य मन्त्रालयले दिएका जानकारी अनुसार काठमाडौँमा मात्रै २ हजार ३४६ जना नयां संक्रमित थपिएका छन् । त्यसैगरी भक्तपुरमा २९८ जना र ललितपुरमा ४५४ जना नयां कोरोना संक्रमित पुष्टि भएको छ ।
मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार २४७ जना नयां संक्रमित थपिएका छन् भने २१४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।













