काठमाडौ । जीप दुर्घटना हुँदा अछाममा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा स्थानीय किथ्थी साउद र कौशी साउद रहेका छन् ।
त्यसैगरी दुर्घटनामा मनिषा उपाध्याय, नृप साउद, जनक साउद र अन्य दुई जना घाइते भएका छन् । दुई जनाको भने परिचय खुलेको छैन् ।
से १ ज ९८६ नम्बरको बोलेरो जीप अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ७ नन्देगडा बजार नजीक शुक्रबार दिउँसो दुर्घटना भएको हो ।
घाइतेको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये जीप चालक
नृप साउँद र जनक साउँदको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।












