आज भोली कफी नेपाली जनजिवनमा निकै लोकप्रिय बन्दै गइरहेको छ । साथीभाईको बिचमा धेरैले कफीलाई नै रोज्ने गरेका छन् । कफीकै लागि भनेर ठुल ठुला कफीसप पनि संचालनमा । कफीले मानव स्वास्थ्यमा धेरै ठुलो फाइदा पुर्याउने कुरा धेरैलाई थाहा नहुन सक्छ । तर पनि कफी उनीहरुका लागि एक प्रकारको तल नै बनिसकेको छ । त्यही कफीले मान्छेको स्वाथ्यमा धेरै फाइदाजनक काम गर्ने स्वास्थ्यकर्मीले बताएका छन् ।
के गर्छ त कफीले ?
१. कफीले लिभरको सिरोसिसबाट जोगाउने काम गर्छ ।
कफीले कलेजोको सिरोसिस हुनबाट जोगाउन सहयोग गर्छ । सेलको डिजेनेरेशनका कारण हुने सिरोसिसविरुद्ध कफी फाइदाजनक हुने एक अध्ययनमा उल्लेख छ ।
२. कफीले दुखाई कम गर्छ ।
शारीरिक दुखाइलाई कफीले कम गर्न मद्दत गर्छ । शारीरिक रुपमा हामीले दैनिक जिवनमा धेरै काम गर्नुपर्ने हुन्छ । काम गर्दा शरीरिर दुख्ने, थकान महशुस हुने जस्ता समस्याबाट कफीले छुट्कारा दिन्छ ।
३. कफीले अल्जाइमरको जोखिम कम गर्ने
अध्यनका अनुसार कफीमा हुने क्याफिनले अल्जाइमर रोगको जोखिम कम गर्ने गर्दछ । कफीले ब्रेन प्लाक्यु निर्माणलाई जोगाउने देखिएको छ । ब्रेन प्लाक्यु कम हुँदा अल्जाइमरसहितका रोग लाग्छ ।
४. फाइबरको मात्रा बढाउने सहयोग गर्ने ।
फाइबर मानव स्वास्थ्यका लागि अत्यावश्यक तत्व हो । त्यो कफीमा पाइन्छ । एक कप कफीमा १.८ ग्राम फाइबर हुन्छ । हामीले दिनको २०–३८ ग्राम फाइबर लिनु पर्ने विज्ञले बताएका छन् ।
५. टाइप टू डाइबिटिजको जोखिम कम गर्छ ।
एक कप कफीका कारण टाइप टू डाइबिटिजको जोखिम ९ प्रतिशत कम हुन्छ । तर दिनमा ६ कप वा त्यो भन्दा बढी कफी पिउने व्यक्तिमा डाइबिटिजको जोखिम २२ प्रतिशत कम हुन्छ ।
६) आत्महत्या तथा डिप्रेशनको जोखिम कम गर्ने
कफी पिउनेहरुमा आत्महत्याको जोखिम कम हुने देखिएको छ । दिनको चार कप वा त्यो भन्दा बढी कफी पिउने महिलामा डिप्रेशनको जोखिम २० प्रतिशतले कम हुने अध्ययनले देखिएको छ ।
७. मुटु सम्बन्धी रोगको जोखिम कम
कफीले मुटु सम्बन्धी रोगको जोखिम कम गर्न सहयोग गर्छ । दिनको तीनदेखि पाँच कप कफी पिउनेमा मुटु सम्बन्धी रोगको जोखिम कम हुने बताइएको छ ।