यौन व्यवसाय खुला गर्नुपर्छ भन्ने काँग्रेस सांसदले अन्तत माफी मागे


काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले अन्तत माफी मागेका छन् । नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने भन्दै संसदमा बोलेका उनले तिर्व विरोधपछि आज संसदमै माफी मागेका हुन् ।

यही चैत ३ गते बसेको संसद बैठकमा बोल्दै घिमिरेले नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए । त्यस लगत्तै माओवादी सांसदहरुले कडा विरोध गर्दै उक्त कुरा संसदको रेकर्डबाट हटाउन समेत माग गरेका थिए । घिमिरेको उक्त अभिव्यक्तिको सामाजिक संजालमार्फत आलोचना भएको थियो ।

उनले सो अभिव्यक्तिको पार्टीमै पनि विरोध भएको थियो । व्यापक आलोचना भएपछि उनले त्यो आफ्नो व्यक्तिगत धारणा भएको भन्दै क्षमायाचना गरेका छन् ।

‘मैले व्यक्त गरेको धारणा एउटा संसदको हैसियतले विशेष सन्दर्भमा राखेको व्यक्तिगत धारणाहरु हुन् । यो धारणा नेपाली कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा पनि होइन । यी विचारहरुले सम्मानित संसदका सदस्यहरु एवम् अन्य जनसमुदायमा समेत केही नकारात्मक प्रभाव परेको भए म उहाँहरुको सम्मान गर्दै उहाँहरुसँग क्षमायाचना गर्दछु’, उनले संसदमा भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार