संसदमा चिकित्सा शिक्षा विधेयक पेश हुँदै

काठमाडौं । सोमबार बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश गर्ने तयारी गरिरहेको छ । प्रतिपक्ष दल नेपाली काँग्रेसको विरोधका बीच पनि विधेयक पेश गर्ने तयारी भइरहको बताइएको छ ।

बैठकमा विधेयकमाथि सामान्य छलफल गरिने तयारी भइरहेको संसद सचिवालयले जनाएको छ । प्रतिनिधि सभाको बैठकको आजको सम्भावित कार्यसूचीमा चिकित्सा शिक्षा विधेयक पारित गर्ने कुरा राखिएको बताइएको छ ।

कांग्रेसले विधेयक पारित गर्न खोजिए संसद बैठक अवरोध गर्ने चेतावनी दिएको छ । यता विधेयकमा आफुसँगको सहमति लागु गर्नु पर्ने भन्दै विगत १३ दिन देखि डाक्टर गोविन्द केसी अनशनमा बसिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार