
काठमाडौं । उपनिर्वाचनमा फेरी सत्ताधारी एमालेलाई झट्का लागेको छ । लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि भएको सोमबार भएको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् ।
जम्मा खसेको २९७ मतमा पाण्डेले प्रदेश सभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ मत प्राप्त गरेका छन् भने एमाले प्रतिद्वन्द्वी खड्काले प्रदेश सभातर्फ ४० र स्थानीय तहतर्फ ९४ मत प्राप्त गरेका छन् । प्रदेशतर्फ १ र स्थानीय तर्फ २ मत बदर भएका थिए ।
यसअघि जेठ ६ मा सम्पन्न बागमती प्रदेशमा भएको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा पनि सत्तापक्ष एमाले पराजीत भएके थियो ।
माओवादीबाट एमाले प्रवेश गरेका रामबहादुर थापा बादल उम्मेदवार बनेकोमा उनलाई स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाले पराजित गरेका थिए । देवकोटालाई काँग्रेस माओवादीसहितको गठबन्धनले साथ दिएके थियो ।











