पार्टीबाट हटाइएका थापाको सांसद पद सर्वोच्चले जोगाईदियो (आदेशको पत्रसहित)

काठमाडौं । पार्टीको कारवाहीमा परेर सांसद पद गुमाएका कृष्ण थापाको पक्षमा सार्वोच्चले आन्तरिम आदेश सुनाएको ।
आइतबार सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश दिएको हो।

न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई गरिएको कारबाही कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको सार्वेच्चले जनाएको छ ।

पार्टीको निर्याय र आदेश नमाएको भन्दै राष्ट्रिय जनमोर्चाले थापालाई दलबाट निष्कासन गरेको थियो ।

त्यसपछि थापाले आफुमाथि अन्याय भएको भन्दै सार्वेच्चमा रिट दायर गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार