
विराटनगर । प्रदेश–१ का प्रदेशसभा सदस्य प्रतापप्रकाश हाङगामले सीमा क्षेत्रमा तारबार गर्ने योजनालाई प्रदेशको नीतिमा समेट्न आग्रह गरेका छन् ।
शुक्रबार प्रदेश १ सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा प्रदेश सांसद हाङगामले सीमामा तारबार गर्ने नीति समेट्न आग्रह गरेका हुन् ।
पटक पटक सीमामा विवाद भइरहने भएकाले पर्खाल लगाउन नसकेपनि जमिनको सुरक्षाका लागि तारबार गर्नुपर्ने उनको भनाई छ ।
“सीमामा पर्खाल लगाउन नसके पनि तारबार त लगाउँ । पछि फेरि यता मिच्यो, उत्ता मिच्यो, इन्डियन आएर लगिदियो भन्ने हुन्छ । सिमामा तारबार लगाऊ”, उनले भने ।












