भारतीय दुतावास धाउने महन्त ठाकुर भन्छनः सर्वोच्चले नागरिकता सम्बन्धी अध्यादेश रोक्नु गलत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले नागरिकता सम्बन्धी अध्यादेशलाई रोक्नु गलत भएको बताएक छन् ।

नेपाल सरकारले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेको विरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले सुनुवाई गर्दै तत्काल कार्यान्वयन नगर्नु भनेर अन्तरीम आदेश दिएपछि उनि रुष्ट बनेका छन् ।

शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त मन्त्री राजकिशोर यादवको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले अध्यादेश रोक्दा नागरिकता सम्बन्धी समस्या भयावह हुने दावी समेत गरे ।

अध्यादेश पनि कानुन नै भएकाले सर्वोच्च अदालतले रोक्नु गलत भएको उनको ठहर छ ।

उनले ३ वर्षदेखि नागरिकता सम्बन्धी विधेयक संसदमा अड्किएको उल्लेख गर्दै संसदले नागरिकता सम्बन्धी विषयमा निर्णय गर्न नसकेको अध्यक्ष ठाकुरको भनाई छ ।

नागरिकताको अभावमा नागरिकहरु रोजगार, शिक्षा, व्यापार व्यवसायका लागि र विदेश जान समस्या भएको भन्दै राज्यको सेवा सुविधाबाट वञ्चित हुनुपरेको बताए ।
सर्वोच्च अदालतले विवादित नागरिकता अध्यादेश कार्यान्वयन नगर्न बिहीबार सरकारका नाममा अन्तरिम आदेश दिएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त अन्तरिम आदेश दिएको थियो ।

यो पनि पढ्नुहोस

विवादित नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार