सुन तस्करी प्रकणमा थप दुईजना चिनियाँ नागरिक पक्राउ


काठमाडौं । सुन तस्करीमा संलग्न आरोपमा थप दुईजना चिनियाँ नागरिक पक्राउ परेका छन् । हङकङबाट आएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न आरोपमा थप दुई जनालाई केन्द्रिय अनुसन्धान ब्यूरोले गएराति काठमाडौंबाट पक्राउ गरेको हो ।

साउन ३१ मा सिआईबीले चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । बुधवार पक्राउ परेका टीयान मि र वेन तोङ दम्पति हुन् । उनिहरुले ठमेलमा ‘केटीबी’ नामको रेष्टुरेण्ट संचालन गरेका छन् । डिङ सेग्फा र ली–नेङकाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाडीमा सुन ओसार्ने काममा संलग्न रहेको अनुसन्धानबाट थाहा भएको छ ।

सुन तस्करीमा संलग्न आरोपमा तिब्बत मुलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङ, चिनियाँ नागरिक जिक्वाङ लिन, तिब्बत मुलका बेल्जियन नागरिक दावा छिरिङसहित २१ जना यसअघि पक्राउ परेका थिए । पक्राउ परेकाहरुको संख्या २३ पुगेको सिआईबीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार