
काठमाडौं । आजदेखि लागू हुने गरी बाणिज्य बैंकहरुले कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
बैंकहरुले जनाएअनुसार ब्याजदरमा खासै भिन्नता आएको देखिन्न ।
राष्ट्रिय वाणिज्य बैंक : सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५।५० प्रतिशत देखि ७।२५ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ५ प्रतिशतदेखि ६।५० प्रतिशतसम्म ब्याजदर कायम भएको छ । बैंकले बचत खातातर्फ न्यूनतम ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
सेञ्चुरी कमर्सियल बैंकः सेञ्चुरी कमर्सियल बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ८ प्रतिशत कायम गरेको छ । त्यस्तै बचतको न्यूनतम ब्याज ३ प्रतिशत र अधिकतम ५ तोकेको छ ।
नेपाल एसबीआई बैंक : नेपाल एसबीआई बैंकले बचतको ब्याज २.५५ प्रतिशत तोकेको छ त्यस्तै व्यक्तिगत मुद्दतीको अधिकतम ७.५० प्रतिशत तोकेको छ ।
सनराइज बैंकः सनराइज बैंकले बचतमा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ३.५० प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज निर्धारण गरेको छ । बैंकले स्थिर ब्याजदरको लागि न्यूनतम १०.५० प्रतिशतदेखि अधिकतम १२.५० प्रतिशतसम्म तोकेको जनाएको छ ।
नबिल बैंक : नबिल बैंकको नयां ब्याज दरअनुसार बचतमा न्यूनतम २.५१ प्रतिशतदेखि अधिकतम ४.५१ प्रतिशतसम्म निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतीमा अधिकतम ७.०१ प्रतिशत ब्याज दिने जनाएको छ ।
एनएमबि बैंक : एनएमबि बैंकले बचतको न्यूनतम ब्याजदर ३.६० प्रतिशत र अधिकतम ५.६० प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७.८० प्रतिशत र न्यूनतम ६.५० प्रतिशत निर्धारण गरेको छ ।
एभरेष्ट बैंक : एभरेष्ट बैंकले बचतको न्यूनतम ब्याज २.५० प्रतिशत देखि अधिकतम ४ प्रतिशत सम्म तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७ प्रतिशत र न्यूनतम ६.५० प्रतिशत कायम गरेको छ ।
माछापुच्छ्रे बैंक : माछापुच्छ्रे बैंकले जनाएअनुसार नयां ब्यजदरमा बचतको न्यूनतम ब्याज ३.१० प्रतिशत देखि अधिकतम ४ प्रतिशत सम्म निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतीको ब्याज ७.५१ प्रतिशत छ । बैंकले स्थिर ब्याजदरको लागि न्यूनतम ९.८९ प्रतिशत देखि अधिकतम १२.२४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
हिमालयन बैंक : हिमालयन बैंकले बचतको न्यूनतम ब्याजदर २.७५ प्रतिशत र अधिकतम ४.५० प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतीको न्यूनतम ब्याजदर ४ं. ७५ प्रतिशत र अधिकतम ब्याजदर ७.७५ प्रतिशत निर्धारण गरेको छ ।
प्रभु बैंक : बैंकको चैतसम्मको आधार दर ७.०६ प्रतिशत छ । यसमा ५ प्रतिशत सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिने जनाएको छ । स्थिर ब्याजदरको लागि न्युनतम ९.९९ प्रतिशत देखि अधिकतम ११.९९ प्रतिशत सम्म ब्याजदर निर्धारण गरेको छ । प्रभु बैंकले बचत खातामा न्यूनतम २ प्रतिशत देखि अधिकतम ४ प्रशित सम्म ब्याजदर तोकेको छ । मुद्दती निक्षेपमा व्यक्तिगततर्फ न्युनतम ५.५० प्रतिशत र अधिकतम ७ प्रतिशत सम्म ब्याजदर दिनेछ ।
कुमारी बैंक : कुमारी बैंकले बचत खातामा न्यूनतम २ प्रतिशत देखि अधिकतम ४ प्रशित ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ देखि ७ प्रतिशत सम्म ब्याजदर तोकेको छ । त्यसैगरी कर्जातर्फ विभिन्न प्रकारको लोनमा आधार दरमा अधिकतम ७ प्रतिशत सम्म प्रिमियम तोकेको छ ।
सिद्धार्थ बैंक : बैंकले बचतमा न्यूनतम २.५ प्रतिशत देखि अधिकतम ४ प्रतिशत सम्म ब्याजदर दिने उल्लेख जनाएको छ । बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम ६. ५ देखि अधिकतम ७ प्रतिशत सम्म ब्याजदर दिनेछ ।
प्राइम कमर्सियल बैंक : प्राइम कमर्सियल बैंकले बचतको न्यूनतम ब्याजदर २.७६ प्रतिशत र अधिकतम ४.५० प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७.५० प्रतिशत र न्यूनतम ७.७६ प्रतिशत निर्धारण गरेको छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम १० देखि अधिकतम ११ प्रतिशत सम्म ब्याजदर निर्धारण गरेको छ ।
नेपाल बंगलादेश बैंक : नेपाल बंगलादेश बैंकले जनाएअनुसार बचतको न्यूनतम ब्याजदर २.७५ प्रतिशत र अधिकतम ४ प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७.७५ र न्यूनतम ७.२५ प्रतिशत निर्धारण गरेको छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.९९ देखि अधिकतम १२.९९ प्रतिशत सम्म ब्याजदर निर्धारण गरेको छ ।
बैंक आफ काठमान्डू : बैंक आफ काठमान्डूले बचतको न्यूनतम ब्याज २.५० प्रतिशत र अधिकतम ४ राखेको छ । एक वर्षभन्दा माथिको व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७ प्रशित कायम गरेको छ ।
एनसीसी बैंक : एनसीसी बैंकले पनि बचतको न्यूनतम ब्याजदर २.५० र अधिकतम ५ प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ८ र न्यूनतम ७ प्रतिशत निर्धारण गरेको छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.२५ देखि अधिकतम ११ प्रतिशत सम्म ब्याजदर निर्धारण गरेको उल्लेख गरेको छ ।









