
काठमाडौं । मंगलबार दक्षिणकालीमा भेटिएको शव युटुवमा भाइरल सन्तोषी सुब्बाको भएको पुष्टि भएको छ । विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल भएकी उनको हत्या भएको पुष्टि भएको छ ।
उनको शव प्रहरीले मंगलबार दक्षिणकालीको ट्वाइलेटबाट बरामद गरेको छ । उनको टाउकोमा चोटपटक लागेको छ भने, अनुहार क्षतविक्षत भएको छ ।
शवको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका फरेन्सिक विज्ञसहितको टोली बोलाएर जाँच गरिएको थियो । यसका साथै प्रहरीले घटनास्थलमा तालिम प्राप्त विशेषज्ञ कुकुर पनि परिचालन गरेको छ ।
चिकित्सक र प्रहरीले सन्तोषीको पेटमा बच्चा भएको आशंका गरेका भएपनि पोष्टमार्टम रिर्पोटमा भने त्यो देखिएको छैन् । घटनास्थलमा प्रहरीले सन्तोषीको चप्पल, माक्स, झोलालगाएतका सामाग्री फेला पारेको छ । सोही आधारमा उनको हत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सानैमा आमा बुवाले सडकमा छोडेकी सन्तोषीलाई काठमाडौंको कालो पुलमा छाप्रो हालेर बसिरहेका धनबहादुर तामाङले धर्मछोरी बनाएर राखेका थिए।













