
दार्चुला । लगातारको वर्षासँगै आएको पहिरोमा परी दार्चुलामा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको नौगाड गाउँपालिका ३ खारका ७२ वर्षीया गेउली ठगुन्ना, उनकी ३ महिनाकी नातिनी मन्जरी ठगुन्ना र २९ वर्षीय लक्ष्मण सितोली छन्।
गउली र मन्जरी ठगुन्नाको पहिरोले घर पुरिंदा मृत्यु भएको हो भने सितोलीको घट्ट जाने क्रममा माथिबाट आएको पहिरोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै पहिरोमा परी नौगाड गाउँपालिका–३ कै १८ वर्षीया हरमती ठगुन्ना घाइते भएकी छन् ।
पानीसँगै आएको बाढीले नौगाढ गाउँपालिका–३ मा रहेको ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजना पनि बगाएको छ ।










