काठमाडाैं । सिन्धुलीको दुधौलीबाट जन्ती लिएर धनुषा गइरहेको बसमा करेन्ट लाग्दा ६ जनाको ज्यान गएको छ । धनुषाको सबैला नगरपालिका ४ मा ११ हजार भोल्टेज प्रवाह भएकाे तारले छुँदा विद्युत ‘सट’ भई ६ जनाकाे ज्यान गएकाे हाे ।
सिन्धुलीको दुधौलीबाट जन्ती लिएर धनुषा गइरहेको बसमा करेन्ट लाग्दा ६ जनाको ज्यान गएको छ । धनुषाको सबैला नगरपालिका ४ मा ११ हजार भोल्टेज प्रवाह भएको तारले छुँदा विद्युत सट भइ बसमा करेन्ट लागेर ६ जनाको ज्यान गएको हो । ना ५ ख १७५२ नम्बरको लालिमा डिलक्सको बसमा शुक्रबार साँझ सवा ७ बजेतिर करेन्ट लागेको थियो ।
जन्ती सवार बसको छतमा राखिएको टिनको बाकसमा विद्युतीय तार छोइएर आगलागी समेत भएको बताइएको छ । घटनामा परी अन्य ६ जना घाइते भएका छन् । घाइतेको जनकपुर अन्चल अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । मृतकको सनाखत हुन बाँकी छ ।