
काठमाडौं । ट्युनिसियाका राष्ट्रपति केस सैयदले प्रधानमन्त्रीलाई बर्खास्त गर्दै संसद भंग गरेका छन् । राष्ट्रपति सैयदले प्रधानमन्त्री हिचम मेचिचीलाई बर्खास्त गर्दै संसद पनि भंग गरेका हुन् ।
देशमा सरकारविरुद्ध सवत्र विरोध प्रदर्शन भइरहेका बेला उनले यस्तो कदम चालेका हुन् । कोरोना महामारीविरुद्ध लड्न र कमजोर अर्थव्यवस्थाबारे खास काम गर्न नसकेको भन्दै देशभर सरकारविरुद्ध प्रदर्शन हुँदै आएको छ ।
प्रर्दशन हिंसामा परिणत हुन थालेपछि देश नै खतरामा जान सक्ने भन्दै यस्तो निर्णय लिएको राष्ट्रपति सैयदको भनाई छ । आफ्नो कदम संविधानसंवत रहेको पनि उनको दावी छ । तर, विपक्षी पार्टीले उनको कदमलाई गलत भनेको छ ।
यदि हिंसात्मक प्रर्दशन अझै रोकिएन भने सैन्यबल समेत प्रयोग गरिने उनले चेतावनी दिएका छन् । बिबिसिका अनुसार राष्ट्रपति सैयदले अब नयां प्रधानमन्त्री नियुक्त गरेर समस्या समाधानतर्फ जानेछ ।












