‘जयसिंह धामीको मृत्यु होइन, हत्या हो’, भन्दै युवा संघको भारतीय दूतावास अघि प्रदर्शन

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समुह निकट युवा संघले दार्चुलाका जयसिंह धामीको घटनाका बिषयमा भारतीय दूतावास अगाडी विरोध प्रदर्शन गरेको छ ।

सोमबार घटनाको विरोधमा युवा संघका कार्यकर्ताहरुले काठमाडौंको लैनचौरस्थित दूतावास अगाडी भारतीय सुरक्षाकर्मी (एसएसबी) ले गरेको गम्भिर गल्तीको विरोधमा प्रदर्शन गरेको हो।

जयसिंह धामीको हत्यारा पहिचान गरी कारबाही गर, नेपालीमाथिको भारतीय एसएसबी ज्‍यादती बन्दर गर, जयसिंह धामीको मृत्‍यु होइन, हत्या हो, धामीको परिवारलाई राहतको व्‍यवस्था गर“, लगायतका प्लेकार्डसहित ब्यानर बोकेर दूतावास अगाडि पुगेका युवाहरुले घटनाको सत्य तथ्य छानविन गरी दोषीमाथी कडा कारवाहीको माग गरेका छन् ।

गत शुक्रबार महाकालीमा तुइन तरेर सदरमुकाम खलंगातिर आउने क्रममा भारतीय सीमा सुरक्षा बलले तुइन काटिदिँदा ३५ वर्षका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।

भारतले भने एसएसबीले तुइनको डोरी नकाटेको दावी गर्दै आएके छ ।उक्त घटनाको सत्यथत्य छानविनका लागि गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।

घटनाका बिषयमा आज संसदमा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले समितिको रिर्पोट आएपछि मात्रै सरकारले घटनाका बिषयमा धारणा राख्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार