
काठमाडौं । दार्चुलाबाट निर्वाचित सांसद गणेश ठगुन्नाले जयसिंह धामीको घटनाको बिषयमा संसदीय छानविन समिति गठन गर्नु पर्ने माग गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बिशेष समय लिएर बौल्दै सांसद ठगुन्नाले धामीको घटनाको तथ्य तथ्य छानविनका लागि संसदीय समिति गठन हुनुपर्ने बताएका हनु् ।
महाकाली नदि तर्नेक्रममा भारतीय सुरक्षाकर्मी (एसएसबी) ले तुइनको तार काटिदिएपछि धामी बेपत्ता भएको भन्दै सांसद ठगुन्नाले उक्त घटनाबारे भारतसामू औपचारिक विरोध जनाउन सरकारसंग माग समेत गरे ।
संसदका बोल्दै सांसद ठगुन्नाले भने, ‘यो घटनाको छानबिनको लागि संसदीय छानबिन समिति गठन गरियोस्, यो घटनाको औपचारिक रूपमा भारतसमक्ष विरोध जनाइयोस् र दोषीलाई कारबाही गर्न पहिल गरियोस् ।’
उनले वेपत्ता भएका धामीका परिवारलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने पनि माग गरेका छन् ।










