विद्युत प्राधिकरण प्रमुख शाक्यले भनेः ‘सम्मानजनक रुपमा बाहिरिन तयार छु, अक्षम भनेर निकाल्न पाइँदैन’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफुलाई अक्षम भनेर निकाल्न खोजे सह्य नहुने बताएक छन् ।
राजीनामा मागिएको कुरा बाहिरिएको भोलीपल्ट आज पत्रकार सम्मेलन गर्दै निर्देशक शाक्यले अपमानजनक रुपमा नभई सम्मानजनक रुपमा जिम्मेवारीबाट बाहिरिन तयार रहेको बताएका हुन् ।

शाक्यले आफूलाई राजीनामाको अनुरोध वा निर्देशन कहिँकतैबाट नआएको समेत दावी गरेका छन् । सरकारले आफुलाई अक्षम भनेर निकाल्न खोजे न्यायका लागि अदालतसम्म जानसक्ने उनको भनाई छ ।

‘वैकल्पिक बाटो दिँदा जान्छु, जिम्मेवारी लिन्छु तर, अक्षम भनेर निकाल्न पाइँदैन, अन्याय गरे अदालत पनि छ’, शाक्यले भने ।

विधुत प्राधिकरणमा शाक्यको ठाउँमा पुनह कुलमान घिसिङलाई ल्याउने तयारी थाल्न प्रधानमन्त्री शेरबहादुर देउवाले उर्जामन्त्री पम्फा भुषाललाई ठाडो निर्देशन दिएका थिए । बालुवाटारमा प्रधानमन्त्री देउवाको उपस्थितीमा उर्जामन्त्री भुषालले शाक्यलाई राजीनामा गरेर सहयोग गर्न अनुरोध गरेको कुरा हिजो संचारमाध्यमहरुमा आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार