लुम्बिनी प्रदेशको नयां सरकारले आजै गर्यो यस्ता आठवटा जनमुखी निर्णय


काठामाडौं । माओवादी केन्द्र नेतृत्वमा आज गठन भएको लुम्बिनी प्रदेश सरकारले आजै आठ वटा निर्णय गरेको छ । मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीको अध्यक्षतामा साँझ बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषदको बैठकले विभिन्न ८ वटा निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु यस्ता छन् :

– प्रदेश नम्बर ५ प्रदेश सरकार (कार्यसम्पादन पहिलो संशोधन) नियमावली २०७८ स्वीकृत गर्ने ।
– कोभिड–१९ का बिरामीको तत्काल उद्धार गर्न हटलाइन र सवारी साधन ९एम्बुलेन्स० को व्यवस्था गर्ने र सोको खर्च प्रदेश सरकारले व्यहोर्ने ।

– कोरोना प्रभावित क्षेत्रमा घुम्ती शिविरमार्फत एन्टिजेन परीक्षणको व्यवस्था गथरी कोभिड प्रभावितको उपचार र उद्धार गर्ने ।
– कोभिड–१९ विरुद्धको खोप वितरण प्रणालीलाई प्रभावकारी बनाइ प्रदेशवासी जनतालाई खोपको सुनिश्चितता गर्न विशेष व्यवस्था गर्ने ।
– प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्कालाई तोकिएको छ भने मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा अमरबहादुर डाँगीलाई नियुक्त गर्ने निर्णय ।

– क्यान्सर, किड्नी परिवर्तन र मुटुको भल्व फेर्ने बिरामीहरुलाई उपचारका लागि हाल पाइरहेको सुविधाका अतिरिक्त प्रदेश सरकारका तर्फबाट थप दुई लाख रुपैयाँका दरले उपलब्ध गराउने ।
– मातृ मृत्युदर कम गर्न लुम्बिनी प्रदेशका स्थानीय तहको मागको आधारमा एउटा पोर्टेबल अल्ट्रासाउन्ड मेसिनसहित तालिमप्राप्त नर्स उपलब्ध गराउने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार