
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेशसभाको तेस्रो बैठकमा मुख्यमन्त्री केसीले आफूलाई विश्वासको मत दिन सांसदहरुसमक्ष प्रस्ताव गरेका थिए । जसमा प्रदेशका कुल सदस्य संख्या ८० मध्ये ४२ सदस्यले केसीलाई विश्वासको मत दिएका छन् भने विपक्षमा शुन्य मत र एक जना तटस्थ बसेका छन् ।
केसीले पाएको मत प्रदेशसभाको तत्काल कायम सदस्य संख्याको हिसाबले बहुमत भएकाले मुख्यमन्त्रीद्वारा पेस गरिएको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिए ।
लम्बिनी प्रदेश सरकारमा पनि सत्ता गठबन्धनले केसीलाई सर्मथन गरेका कारण उनले बहुमत सांसदको विश्वासको मत पाएका हुन् ।











