
(तस्बिरः तालिबानका प्रवक्ता जबीबुल्लाह मुजाहिद)
काठमाडौँ । अफगानी धार्मिक अतिवादी संगठन तालिबान सरकारमा आएपछि महिला र बालिकाको भविष्यका बिषयमा धेरै टिका टिप्पणी भइरहेका छन् । यहि बिचमा तालिबानले अफगानिस्तानमा बालिकाहरुलाई जतिसक्दो चाँडो विद्यालय जाने व्यवस्था मिलाउने बताएको छ । आज अफगानिस्ताको राजधानी काबुलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै तालिबानका प्रवक्ता जबीबुल्लाह मुजाहिदले छिट्टै बालिकाहरुलाई विद्यालय जान अनुमति दिइने बताएका हो ।
‘बालिकाहरुलाई विधालय पठाउनेबारे हामी छिट्टै प्रबन्ध मिलाउनेछौँ’, प्रवक्ता मुजाहिदले पत्रकारहरुसंग भने ।
तालिबान सरकारको शिक्षा मन्त्रालयले माध्यमिक विद्यालयका शिक्षक र छात्रलाई विद्यालय आउन निर्देशन दिएको छ । तर छात्रा र महिला शिक्षकका बारेमा भने तालिबानले केही निर्णय गरेको छैन ।
बालिकालाई छिट्टै बिधालय पठाउने ब्यवस्था गर्ने भनेपनि तालिबानले आफ्नो सरकारमा महिला सहभागिताबारे भने केहि बताएको छैन् ।
गत महिना मात्रै तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेको थियो । मुलुकलाई इस्लामिक गणतन्त्रबाट इस्लामिक इमिरेट्स बनाएको तालिबानले सेप्टेम्बर ७ मा मन्त्रिपरिषद् गठन गरेको थियो ।












