चिकित्सकको आन्दोलनमा प्रहरी हस्तक्षेप १७ जना चिकित्सक पक्राउ

काठमाडाै‌ । २४ दिन देखि अनशनरत डा. गोविन्द केसीको समर्थनमा आन्दोलनमा उत्रिएका आवासिय चिकित्सको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । संवेदनशील क्षेत्र अस्पतालमा हड्ताल गर्न खोजेको भन्दै प्रहरीले १७ जना चिकित्सक पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा आवासीय चिकित्सक संघका अध्यक्ष डा. सुमित पाण्डे, डा.विशाल अग्रवाल, डा. अमित शर्मा, डा. हेमन्त बास्तोला, डा. बद्री अर्याल, डा. राजन लामिछाने, डा. विश्वराज तिमिल्सिना, डा. सिद्धार्थ भण्डारी, डा. उपमा श्रेष्ठ, डा. कविता मानन्धर, डा. अमिर श्रेष्ठ, डा. आकाश शेर्पाली,डा. आनन्द सिंह, डा. पदम जोशी, डा. समिर चापागाई, ढा. अपूर्व आचार्य लगायतका विद्यार्थीहरु रहेका छन् ।
उनीहरुलाई अहिले महेन्द्र पुलिस क्लब राखिएको छ ।

आकस्मिक बाहेकका सबै सेवा अवरुद्ध गरी आन्दोलनमा उत्रिएका चिकित्सकहरुको जुलुस राट्रपति कार्यालय सितल निवासतर्फ बढ्न थालेपछि प्रहरीले गिरफ्तार गरेको हो । चिकित्सक संघको अगुवाईमा देशका केही स्थानमा डा. गोविन्द केसीका माग पुरा गर्नुपर्ने भन्दै चिकित्सक आन्दोलनमा उत्रिएका छन् ।

यता सरकारले भने डा. केसीका अधिकांश माग पुरा भएको भन्दै आन्दोलन नगर्न बारम्बार सुझाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार